काठमाण्डौ । पञ्चकन्या माइ्र्र हाईड्रो लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८५ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको कुल विद्युत बिक्री आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको कुल विद्युत बिक्री आम्दानी २.१९ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २९ करोड २० लाख रुपैयाँ कमाएको छ । कम्पनीको अन्य आम्दानी ११ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको कुल सञ्चालन खर्च ३ करोछ ५१ लाख र कुल प्रशासनिक र अन्य खर्च २३ करोड ६४ लाख रुपेयाँ रहेको छ । १ अर्ब १० करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ १६ करोड ४७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पानीको कुल चालु सम्पत्ति ७ करोड ८ लाख र कुल चालु दायित्व ८ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.५८ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८५.०२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३५ रुपैयाँ र तरलता अनुपात ०.१६ प्रतिशत कायम भएको छ ।