काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक समितिमा सुनिल कुमार पौडेललाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको ५८औँ बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएकी सुनिता श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएपछि रिक्त भएको पदमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।
साउन ८ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको सैनामैना नगरपालिका–११ निवासी पौडेललाई अर्को साधारण सभा नभएसम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
श्रेष्ठको राजीनामापछि रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा पौडेललाई नियुक्त गरिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।