बुधबार, भाद्र ३,२०८३ 02:45:40
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:45:40
Bizshala
Global IME Bank Limited

लाखौँ लगानीकर्ता बजारमा, नीति निर्माणको टेबलमा प्रतिनिधित्व खोइ ?

लाखौँ लगानीकर्ता बजारमा, नीति निर्माणको टेबलमा प्रतिनिधित्व खोइ ?
New Office

काठमाण्डौ । नेपालको पूँजीबजारको विकास, विस्तार र सुधारका विषयमा हुने छलफल तथा नीति निर्माण प्रक्रियामा सेयर लगानीकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्न माग उठेको छ ।  

नेपाल धितोपत्र बोर्डले गर्ने यस्ता छलफल कार्यक्रममा प्रत्यक्ष रूपमा बजारमा लगानी गर्ने लाखौँ लगानीकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने सेयर लगानीकर्ताले माग गरेका छन् ।  

पूँजीबजारसम्बन्धी छलफलमा नियामकीय निकाय, ब्रोकर तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता स्वाभाविक र आवश्यक भए पनि बजारको वास्तविक आधारस्तम्भ मानिने लगानीकर्ताका प्रतिनिधिलाई समेत निर्णय प्रक्रियामा समान रूपमा सहभागी गराउनुपर्ने सेयर लगानीकर्ता तारा फुल्लेलले माग गरेका छन् ।  

फुल्लेलले पूँजीबजारसम्बन्धी नीति, नियम तथा सुधारका विषयमा छलफल गर्दा नियामक, ब्रोकर, उद्योगी–व्यवसायी तथा अन्य संस्थागत पक्षसँगै प्रत्यक्ष लगानीकर्ताको आवाजलाई पनि प्राथमिकताका साथ समेट्नुपर्ने बताएका छन् ।

उनका अनुसार आफ्नो पूँजी, बचत र जोखिम लिएर बजारमा लगानी गर्ने लाखौँ साना तथा ठूला लगानीकर्ताकै सहभागिताले पूँजीबजारलाई चलायमान बनाएको छ । ‘लगानीकर्ताका वास्तविक समस्या, अपेक्षा र सुझावलाई प्रतिनिधित्व गर्ने संघ–संस्थाका प्रतिनिधिलाई छलफलको टेबलमा नराखी गरिने निर्णय व्यावहारिक र न्यायोचित भएन’ उनले भने, ‘विशेषगरी नेपाल धितोपत्र बोर्ड जस्तो नियामकीय निकायले नीति, नियम तथा बजार सुधारका विषयमा सरोकारवालासँग छलफल गर्दा सबै पक्षको आवाज सुन्ने वातावरण बनाउनुपर्छ ।’

फुल्लेलका अनुसार साना लगानीकर्ता केवल कारोबार गर्ने व्यक्ति मात्र नभई उनीहरू पूँजीबजारका आधारस्तम्भसमेत हुन् । लगानीकर्ताले भोगिरहेका सूचना पहुँच, प्रविधिको प्रयोग, ब्रोकर सेवा, कारोबार लागत, कर, मार्जिन कारोबार, सेटलमेन्ट, बजार पारदर्शिता तथा लगानीकर्ता संरक्षणजस्ता विषयमा लगानीकर्ताको प्रत्यक्ष अनुभव र सुझाव नीति निर्माणका लागि महत्वपूर्ण हुने उनको दाबी छ ।

विगतमा पूजीबजार सुधार, लगानीकर्ता हित संरक्षण तथा बजारलाई आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने विषयमा पटक–पटक प्रतिबद्धता व्यक्त हुँदै आए पनि अब आश्वासनभन्दा सार्थक सहभागिता, पारदर्शी निर्णय प्रक्रिया, जवाफदेहिता र परिणाममुखी कार्यान्वयन आवश्यक रहेको लगानीकर्ता फुल्लेलको भनाइ छ ।

‘नियामकको दृष्टिकोण आवश्यक छ, ब्रोकरको अनुभव आवश्यक छ र उद्योगी–व्यवसायीको धारणा पनि आवश्यक छ । तर लगानीकर्ताको आवाजबिना पूँजीबजारसम्बन्धी छलफल पूर्ण हुन सक्दैन,” फुल्लेलले भने, ‘पूँजीबजारसँग प्रत्यक्ष रूपमा जोडिएका सबै पक्षलाई एउटै टेबलमा राखेर छलफल गर्न सेबोनलगायत सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’

उनका अनुसार निर्णयको केन्द्रमा लगानीकर्ता नै नरहेको अवस्थामा त्यस्तो निर्णय अन्ततः कसको हितका लागि हो भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।

लगानीकर्ताले अब केवल आश्वासन होइन, सार्थक सहभागितासहित स्पष्ट नीति, पारदर्शिता, जवाफदेहिता र ठोस परिणाम खोजिरहेको बताउँदै सरोकारवाला सबै पक्षलाई समेटेर नेपालको पूँजीबजारलाई सबल, पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउनुपर्नेमा जोड दिइएको छ ।  

Bizshala
CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.