काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१८ रुपैयाँ र बिक्रीदर १३३.७८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.३० रुपैयाँ र बिक्रीदर १४३.९५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.०९ रुपैयाँ र बिक्रीदर १६७.८५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.०३ रुपैयाँ र बिक्रीदर ८८.४३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७० रुपैयाँ र बिक्रीदर ८.७४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२६ रुपैयाँ र बिक्रीदर ३६.४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.१० रुपैयाँ र बिक्रीदर २८.२२ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५३ रुपैयाँ र बिक्रीदर ३६.६९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८२ रुपैयाँ र बिक्रीदर ९.८६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.३९ रुपैयाँ र बिक्रीदर ४३५.३४ रुपैयाँ कायम भएको छ ।