बुधबार, भाद्र ३,२०८३ 07:12:33
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 07:12:33
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री शाह र उद्योगमन्त्री यादवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाह र उद्योगमन्त्री यादवबीच कार्यसम्पादन सम्झौता
New Office

 

काठमाण्डौ । चालु आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा गरिने प्रमुख काम र हासिल गरिने उपलब्धिलाई स्पष्ट लक्ष्यसँग जोड्दै प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवबीच कार्यसम्पादन सम्झौता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्री यादवले सम्झौतामा हस्ताक्षर गर्दै एकअर्कालाई सम्झौताको प्रति हस्तान्तरण गरेका हुन्।

कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षभित्र मन्त्रालयले सम्पन्न गर्नुपर्ने प्रमुख कार्यक्रम तथा नतिजालाई प्राथमिकतामा राखिएको छ। विशेषगरी सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, उपभोक्ता हित संरक्षण, उद्योग तथा व्यापार क्षेत्रको विकास र आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउने विषय सम्झौतामा समेटिएका छन्।

Bizshala
CG Motors

सरकारले मन्त्रालयगत कामलाई परिणाममुखी, मापनयोग्य र जवाफदेही बनाउने उद्देश्यले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने नीति अघि बढाएको हो।

उद्योगमन्त्री यादवसँग भएको सम्झौताले उद्योग, व्यापार तथा आपूर्ति क्षेत्रका प्राथमिक कार्यक्रमलाई समयमै कार्यान्वयन गर्न र मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्झौतासँगै अब मन्त्रालयले चालु आर्थिक वर्षमा तय गरिएका लक्ष्य, कार्यक्रम र उपलब्धिलाई निश्चित समयसीमाभित्र कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी थप स्पष्ट भएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.