आईतवार, असार २२,२०८२ 09:14:09
  • आईतवार, असार २२,२०८२ 09:14:09
Global IME Bank Limited

पोखरा फाइनान्सको सेयरमूल्यमा १०% को पहिरो, खेलाडीको पछि लाग्दा फस्दै सोझा लगानीकर्ता

Hyundai Nepal
पोखरा फाइनान्सको सेयरमूल्यमा १०% को पहिरो, खेलाडीको पछि लाग्दा फस्दै सोझा लगानीकर्ता
Nabil Bank Limited

काठमाण्डौ । आज पोखरा फाइनान्सको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सेयर बजारमा खेलाडीको पछाडी लाग्दा सोझा लगानीकर्ताको सम्पत्ति कसरी एकै झट्कामा गुम्छ भन्ने गतिलो उदाहरण बनेको छ पोखरा फाइनान्स ।  

आजकै कारोबारमा केही समय पहिले ३ लाखभन्दा बढी खरिदकर्ता रहेको यस कम्पनीमा बजार घट्दै जाँदा सेयरमूल्य १० प्रतिशतले घटेर टीएमएसमा माग पक्ष शुन्य रहेको छ । यसलाई कुनै स्क्रिप्टबाट खेलाडीले हात झिकेको अवस्थमा के हुन्छ भन्ने दृष्दान्तका रुपमा लिन सकिन्छ ।  

वित्तीय अवस्था कमजोर रहेको यो कम्पनीको सेयरमूल्य भने ३ महिनाकमो अवधिमा निकै बढिसकेको छ । गत माघ २१ गते प्रतिकित्ता ३७० रुपैयाँमा कारोबार बन्द भएको यो कम्पनीको सेयरमूल्य बढेर ८ सयसम्म पुगेको छ । कम्पनीको वित्तीय अवस्थामा राम्रो भएर वा लाभांशका कारण सेयरमूल्य बढेको  भने होइन । कम्पनीको वित्तीय अवस्था नियाल्ने हो भने नाजुक अवस्थामा छ । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १७ करोड २३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीको खराब कर्जा अनुपात पनि ४.८२ प्रतिशतबाट बढेर ७.९१ प्रतिशत पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको खराब आर्थिक अवस्थाका बाबाजुत केहि सेयर खेलाडीले कम्पनीको सेयरमूल्य उचालेर सोझा लगानीकर्तालाई महंगोमा भिडाउने रणनीतिका आज कम्पनीको सेयरमूल्य नकारात्मक सर्किट लागेको छ । लगानीकर्ता रुपेश महर्जनले खेलाडीको सेयरमा लगानीकर्ता कसरी डुब्छन भन्ने प्रमाण पोखरा फाइनान्स बनेको बताएका छन् । ‘यो कम्पनीको सेयर एकै महिनामा ३९२ मा बाट बढेर ८ सय सम्म पुगेको थियो । क्लबहाउमा नै यो कम्पनीको व्यापाक चर्चा भएपछि थुप्रै लगानीकर्ताहरु खरिद गरेर डुब्न थालेको बताएका छन् ।’ महर्जनले भने ।  

केहि लगानीकर्ताले सामाजिक सञ्जालमा अन्य कम्पनीमा गुमाएता पनि पोखारा फाइनान्सको सेयरमा भने मनग्य आम्दानी गरेको बताउने गरेका थिए । खराब आर्थिक अवस्था भएका कम्पनीहरुको सेयरमूल्यमा यसरी खुलेआम चलखेल हुँदा पनि नियामक निकाय भने बेखबर झै बनेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.