शुक्रबार, भाद्र ५,२०८३ 10:05:22
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 10:05:22
Bizshala
Global IME Bank Limited

चिसो पानीमा पाँच मिनेटमै तयार हुने नुडल, एक सातामै ‘आउट अफ स्टक’

चिसो पानीमा पाँच मिनेटमै तयार हुने नुडल, एक सातामै ‘आउट अफ स्टक’
New Office

काठमाण्डौ । जापानी कम्पनी निसिन फुड्स होल्डिङ्सले सार्वजनिक गरेको चिसो पानीमै तयार गर्न सकिने ‘कोल्ड कप नुडल’ इन्स्ट्यान्ट नुडल्सको प्रारम्भिक स्टक एक सातामै बिक्री भएको छ। कम्पनीले जुलाई २० देखि बजारमा ल्याएको यो उत्पादनको प्रारम्भिक आपूर्ति एकदेखि दुई महिनासम्म पुग्ने अपेक्षा गरेको थियो।

‘कोल्ड कप नुडल’ हाल स्पाइसी किम्ची र चिकेन विथ साल्ट एन्ड लेमन गरी दुई स्वादमा उपलब्ध छ। एक प्याकेटको खुद्रा मूल्य ३०७ जापानी येन अर्थात् करिब २ अमेरिकी डलर तोकिएको छ।

यो नुडल तयार गर्न कपमा चिसो पानी हालेर पाँच मिनेट प्रतीक्षा गरे पुग्छ। नुडल्सलाई चिसो पानीमै पनि नरम तर लोचिलो बनाउने उद्देश्यले निसिनले पाँच वर्ष लगाएर नयाँ उत्पादन विकास गरेको जनाएको छ। कम्पनीका अनुसार यसका लागि विशेष तथा पेटेन्ट गरिएको उत्पादन प्रविधि प्रयोग गरिएको छ।

Bizshala
CG Motors

निसिनका संस्थापक मोमोफुकु आन्दोले सन् १९५८ मा इन्स्ट्यान्ट नुडल्सको आविष्कार गरेका थिए। त्यसयता इन्स्ट्यान्ट नुडल्स सामान्यतया तातो पानी प्रयोग गरेर तयार गर्ने चलन रहँदै आएको छ। गर्मी मौसममा चिसो खानेकुराको माग बढ्दै गएपछि नयाँ उत्पादन विकास गरिएको कम्पनीले जनाएको छ।

‘कोल्ड कप नुडल’ सामाजिक सञ्जालमा समेत चर्चामा आएको छ। विभिन्न इन्फ्लुएन्सरले यसको स्वाद परीक्षण गर्नुका साथै सोया मिल्क र चियालगायत अन्य तरल पदार्थ प्रयोग गरेर नुडल तयार गर्ने प्रयोगसमेत गरिरहेका छन्।

कम्पनीका अनुसार चिसो नुडललाई आपत्कालीन खाद्य सामग्रीका रूपमा प्रयोग गर्न सकिने विषयमा समेत उपभोक्ताबाट प्रतिक्रिया प्राप्त भएको छ। तातो पानी छुट्टै तयार गर्न नपर्ने भएकाले आपत्कालीन अवस्थामा यसको उपयोग हुन सक्ने बताइएको छ।

यद्यपि उत्पादन बढाउने, वर्षभरि बिक्री गर्ने वा थप स्वाद बजारमा ल्याउने विषयमा निसिनले अहिलेसम्म कुनै निर्णय गरेको छैन। आगामी रणनीति मुख्यतः बिक्रीको तथ्यांकमा निर्भर रहने कम्पनीले जनाएको छ।

जापानको इन्स्ट्यान्ट नुडल बजारमा निसिनको हिस्सा करिब आधा रहेको बताइएको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.