काठमाण्डौ । नेपालीहरूको महान् चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले जस्मिन पेन्ट्सले विशेष उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ।
‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग१’ अभियानअन्तर्गत जस्मिन पेन्ट्सका उपभोक्ताले आकर्षक उपहारसँगै लक्की ड्रमार्फत लण्डन भ्रमण जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। योजनामा सहभागी हुन उपभोक्ताले जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा विक्रेतामार्फत न्यूनतम रु. ७५ हजार बराबरका उत्पादन खरिद गर्नुपर्नेछ। प्रत्येक रु. ७५ हजारको खरिदमा एक लक्की ड्र कुपन प्रदान गरिनेछ।
लक्की ड्रमार्फत एक जना विजेताले ४ रात÷५ दिनको लण्डन भ्रमण जित्नेछन्। त्यस्तै, ५ जनाले ८ केजी फ्रन्ट लोडिङ अटोमेटिक वासिङ मेसिन, ३५ जनाले ३ लिटरको इलेक्ट्रिक प्रेसर कुकर, १२५ जनाले ३ जार मिक्सर ग्राइन्डर, १७५ जनाले हट वाटर केटल तथा ७५० जनाले आकर्षक वाल क्लक जित्ने अवसर पाउनेछन्।
जस्मिन पेन्ट्सले अभियानमार्फत नेपाली उपभोक्तासँगको सम्बन्धलाई थप सुदृढ गर्दै चाडपर्वको खुसीलाई विशेष बनाउने लक्ष्य राखेको जनाएको छ। घरलाई नयाँ रङले सजाउने उपभोक्ताले खरिदसँगै आकर्षक उपहार जित्ने अवसर पाउने भएकाले योजनाले चाडपर्वको तयारीलाई थप उत्साहपूर्ण बनाउने कम्पनीको विश्वास छ।
योजनामा सहभागी हुन उपभोक्ताले खरिद गरेको पसलबाट कुपन प्राप्त गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ। लक्की ड्रबाट विजेता घोषित भएपछि उपहार दाबी गर्न सक्कल कुपन र आधिकारिक परिचयपत्रसहित कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्नुपर्नेछ। विजेताले घोषणा भएको मितिले १५ दिनभित्र उपहार दाबी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार लक्की ड्रमार्फत विजेताको घोषणा प्रत्यक्ष प्रसारण गरिनेछ। उपहारमा नेपाल सरकारको प्रचलित नियमअनुसार कर कट्टी गरिनेछ। योजनासम्बन्धी कुनै विवाद वा द्विविधा उत्पन्न भएमा अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित रहने जनाएको छ।
‘नेपाली मनको रङ्ग’ भन्ने आफ्नो भावनालाई आत्मसात् गर्दै नेपाली परिवारको खुसी, चाडपर्वको उमङ्ग र घरको नयाँपनसँग जोडिन अभियान अघि बढाइएको जस्मिन पेन्ट्सले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।