काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेयर रजिस्ट्रार परिवर्तन गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई हटाएर हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडलाई सेयर रजिस्ट्रारको जिम्मेवारी दिने निर्णय गरेको हो।
कम्पनीको भदौ ५ गते साँझ ५ः३० बजे बसेको सञ्चालक समितिको ६१औँ बैठकले उक्त निर्णय गरेको हो।
यसअघि कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्रदान गर्दै आएको थियो। अबदेखि उक्त सेवा हिमालयन सेक्युरिटिज बैंक लिमिटेडबाट लिइने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।