मंगलवार, भाद्र ९,२०८३ 07:14:30
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 07:14:30
Bizshala
Global IME Bank Limited

नाडा अटो शोमा विशेष अफर: सुजुकी पर्वोत्सवमा स्क्र्याच गरी र रु. २,००,००० सम्मको नगद छुट पाउने अवसर

नाडा अटो शोमा विशेष अफर: सुजुकी पर्वोत्सवमा स्क्र्याच गरी र रु. २,००,००० सम्मको नगद छुट पाउने अवसर
New Office

काठमाण्डौ । नेपालमा सुजुकी गाडीकोआधिकारिक वितरक सीजीमोटोकर्पले चाडपर्वलक्षित ग्राहक योजना “सुजुकी पर्वोत्सव”  केही दिनअगाडि नै सुरु भइसकेको छ। चाडपर्वको समयमा सुजुकीको स्वामित्वलाई अझ सहज र लाभदायक बनाउने उद्देश्यले ल्याइएको यस योजनाले विश्वास, पारदर्शिता तथा बिक्रीपश्चातको सेवाप्रति ब्रान्डको दीर्घकालीन प्रतिबद्धतालाई पनि पुष्टि गर्दछ।

सुजुकी पर्वोत्सव अन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मत सम्भार सेवा) पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बीमा प्राप्त गर्नसक्नेछन्। सुविधाहरू मोडेलअनुसार फरक हुनेछन् र देशभरका सबै सुजुकी शोरुममा उपलब्ध हुनेछन्।

यस योजनामा अल्टो के१० सिरिज, वागनआर सिरिज, सेलेरियो सिरिज, इको कार्गो, इको भ्यान सिरिज, ब्रेजासिरिज, जिम्नी सिरिज, भिक्टोरिस सिरिज, फ्रोन्क्ससिरिज र ईभिटारा सिरिजसहित सुजुकीको सम्पूर्ण लाइनअप समेटिएको छ। योयोजना २०८३ साउन २७ गतेदेखि मंसिर१५ गतेसम्म (सन्२०२६ अगस्ट १२देखि डिसेम्बर १सम्म) लागू रहनेछ।

Bizshala
CG Motors

E Vitara : छुट्टै स्किम, थप चार्जर सुविधा

हाल चलिरहेको “ईभि टारा फर्स्ट१०० युनिट प्रमोशनल स्किम” भने छुट्टै स्वतन्त्र अफरका रूपमा निरन्तर रहनेछ। पहिलो १०० युनिट रिटेल भइसकेपछि माथि उल्लेख गरिएका मोडेलअनुसारका सुजुकी पर्वोत्सव सुविधाहरू ईभि टारामा पनि स्वतः लागू हुनेछन्। विद्युतीय सवारी साधनप्रतिको सुजुकीको निरन्तर प्रतिबद्धता अनुरूप ईभि टारा ग्राहकहरूले सवारीसँगै आउने ३ किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन्। यो सुविधाग्राहकको परिसरमा जडान सम्भाव्यताको अधीनमा रहनेछ।

नाडा अटो शो २०२६ : नयाँ ब्रेजाको पहिलो सार्वजनिक प्रदर्शन

सुजुकी पर्वोत्सवको घोषणा यस्तोबेला भएको छ, जब नयाँ ब्रेजा नाडा अटोशो २०२६ मार्फत नेपाली बजारमा पहिलोपटक सार्वजनिक हुँदै छ। सुजुकीको अद्यावधिक यो कम्प्याक्ट एसयूभी प्रदर्शनीको पूरै छ दिन फ्लोरमा प्रदर्शनीमा रहनेछ। आगन्तुकहरूले गाडीलाई नजिकैबाट अवलोकन गर्न, भित्र बसेर अनुभव गर्न र बुकिङ गर्नुअघि यसको नयाँ पावर ट्रेन, फिचर तथा सुरक्षा अपग्रेडका बारेमा सुजुकीका प्रडक्ट विशेषज्ञहरूसँग प्रत्यक्ष जानकारी लिन सक्नेछन्। नयाँ  सुजुकी ब्रेजाले 5 star Bharat NCAP सफ्टी रेटिंग प्राप्त गरेको गाडी हो ।

नयाँ ब्रेजासहित सुजुकीको सम्पूर्ण लाइनअप २०८३ भदौ ९ देखि १४ गतेसम्म (सन् २०२६अगस्ट २५ देखि ३० सम्म) काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलभित्र रहेको सुजुकी प्याभिलियन, स्टल A*2 मा अवलोकन गर्न सकिनेछ। यसवर्षको प्रदर्शनी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५० औं वार्षिकोत्सवको अवसर पारेर “गोल्डेन जुबिली संस्करण” का रूपमा आयोजना हुँदैछ।

प्रदर्शनीका क्रममा सुजुकी प्याभिलियनमा छानिएका मोडेल बुकिङ  गर्ने ग्राहकहरूका लागि सुजुकी पर्वोत्सव अन्तर्गत २ लाख रुपैयाँसम्मको पुरस्कार रहेको विशेष “स्क्र्याच एन्ड विन” अफर पनि उपलब्ध हुनेछ।

“सम्भावित ग्राहकहरूलाई हामी आफ्नो नजिकैको आधिकारिक सुजुकी डिलरसिपमा र विशेषगरी अगस्ट २५ देखि ३० सम्मचल्ने नाडा अटोशोमा आउन आग्रह गर्दछौं, जहाँ मोडेलअनुसारका सुविधाबारे विस्तृत जानकारी लिन र यो सीमित अवधिको अवसरको लाभ उठाउन सकिनेछ,” सीजीमोटो कर्पका महाप्रबन्धक सिरज पन्तले भने । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X