काठमाण्डौ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले सेयरसम्बन्धी सम्पूर्ण कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्रसम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकीकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने तथा नामसारीलगायत सेयरधनीको सेयरसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न भदौ ९ गतेदेखि लागू हुनेगरी प्रभु क्यापिटललाई सेयर रजिस्ट्रार नियुक्त गरिएको हो।
कम्पनीका अनुसार उक्त सम्झौता भएपछि सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रभु क्यापिटलमार्फत उपलब्ध हुनेछ। यसअघि कम्पनीले सेयरसम्बन्धी कार्यका लागि आवश्यक व्यवस्थापन गर्दै आएको थियो।
प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाण्डौमा रहेको छ। सेयरधनीहरूले सेयरसम्बन्धी अभिलेख, नामसारी, प्रमाणपत्र तथा अन्य आवश्यक सेवाका लागि प्रभु क्यापिटलसँग सम्पर्क गर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।