बुधबार, भाद्र १०,२०८३ 11:12:12
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 11:12:12
Bizshala
Global IME Bank Limited

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य कति ?

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य कति ?
New Office

काठमाण्डौ । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएकोछ । चौधरीग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरको लबिम मलस्थित QFX Cinemas मा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।

स्मार्टफोनको सार्वजनिक मोटोरोला कन्ट्री हेडहरि ओम मिश्र रचौधरी ग्रुपका भाइसप्रेसिडेन्ट एस.सी. साबुले गरेका थिए । कार्यक्रममा नेपाली चलचित्र मास्टर्नीका कलाकार तथा निर्माण टिमको पनि उपस्थिति रहेको थियो । अभिनेत्री प्रियंका कार्की समेत कार्यक्रममा सहभागी थिइन् ।

मोटोरोला र चौधरी ग्रुपले चलचित्र मास्टर्नीसँग सहकार्य गर्दै स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शन समेत आयोजना गरेका थिए । प्रविधि र मनोरञ्जनलाई एउटै कार्यक्रममा जोड्ने उद्देश्यसहित यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

Bizshala
CG Motors

कार्यक्रममा देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो ।

नयाँ Motorola Edge 70 Fusion मा ५० मेगापिक्सेलकोSony-LYT 710 क्यामेरा, moto ai, ७,०००mAh ब्याट्री, ६८W TurboPower चार्जिङ, १४४Hz को१.५K क्वाड-कर्भ्ड डिस्प्लेतथा ५,२०० निट्ससम्मको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ। फोनमा प्रिमियम फेब्रिक फिनिस र प्यान्टोन™द्वारा छनोट गरिएका आकर्षक रङहरूमा उपलब्ध छन् ।

यो स्मार्टफोन २९ अगस्ट२०२६ देखि नेपालभर उपलब्ध हुने र यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस मूल्यमा उपलब्ध फिचरलाई हेर्दा Motorola Edge 70 Fusion आफ्नो श्रेणीका प्रतिस्पर्धी स्मार्टफोनमध्ये आकर्षक विकल्प बन्न सक्ने देखिन्छ। मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत उपलब्ध हुँदै आएको छ भने कम्पनीले बिक्रीसँगै व्यापक वितरण तथा सेवा केन्द्रको सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएकोछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.