बुधबार, भाद्र १०,२०८३ 06:24:17
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 06:24:17
Bizshala
Global IME Bank Limited

जेनजी क्षतिको दायित्व नसकिँदै रसुवागढी बाढीको अर्को भार, निर्जीवन बीमा कम्पनीलाई दबाब

जेनजी क्षतिको दायित्व नसकिँदै रसुवागढी बाढीको अर्को भार, निर्जीवन बीमा कम्पनीलाई दबाब
New Office

काठमाण्डौ । बुधबार सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज सर्वाधिक निर्जीवन बीमा समूह घटेको छ । यो समूह ३.९० प्रतिशतले घटेर ९९३५.५९ विन्दुमा कायम भएको छ । यो समूहका सबै कम्पनीको सेयरभाउ घटेको छ ।  

विशेषगरी बाढीबाट हुने सम्भावित ठूलो बीमा दाबीका कारण निर्जीवन बीमा समूहको सूचकमा उल्लेख्य दबाब परेको छ । प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजना, सवारीसाधन, भौतिक संरचना तथा अन्य सम्पत्तिमा क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीहरूले ठूलो रकमको दाबी भुक्तानी गर्नुपर्ने हुनसक्ने अनुमानले लगानीकर्ताको मनोविज्ञान प्रभावित भएको हो ।

रसुवा बाढी तथा पहिरोबाट प्रभावित विभिन्न निर्जीवन बीमा कम्पनीमा यसअघि नै उल्लेख्य दाबी परिसकेको छ । दाबीमध्ये सम्पत्ति बीमा, सामुद्रिक बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा र मोटर बीमातर्फ उल्लेख्य रकम माग गरिएको छ । विशेषगरी रसुवागढी नाका हुँदै हुने व्यापार तथा पारवहनसँग सम्बन्धित सामान र सवारीसाधनमा भएको ठूलो क्षतिले पनि निर्जीवन बीमा कम्पनीको दायित्व अझै बढाउन सक्ने देखिएको छ ।

Bizshala
CG Motors

यता बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनलगायतका जलविद्युत् तथा प्रसारण संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भएको छ । यसले हाइड्रोपावर कम्पनीहरूको सेयरमा समेत तीव्र बिक्री दबाब सिर्जना गरेको छ ।

बाढीको वास्तविक क्षति, बीमा दाबीको अन्तिम रकम र कम्पनीहरूले व्यहोर्नुपर्ने खुद दायित्व यकिन हुन बाँकी छ । तर यसअघि जेनजी आन्दोलनबाट पुगेको क्षतिको दायित्व पुरा हुन नपाउँदै निर्जीवन बीमा कम्पनीहरुलाई पुनः दायित्व थपिएको छ ।  

यसले बीमकहरुको नाफा–नोक्सानमा ठूलो धक्का पुग्ने अनुमान गरिएको छ । गत वर्ष जेनजी आन्दोलनको क्षतिले ठूलो दायित्व बेहोर्न पर्दा गत आर्थिक वर्ष २०८२–८३ मा निर्जीवन बीमा कम्पनीहरुको नाफामा ठूलो धक्का पुगेको थियो ।  

सेयर लगानीकर्ताले भने प्रारम्भिक दाबी रकमलाई मात्र आधार बनाएर कम्पनीको वित्तीय प्रभाव निष्कर्ष निकाल्नुभन्दा बीमा कभरेज, पुनर्बीमा व्यवस्था, दाबीको वास्तविक भुक्तानी र कम्पनीको पूँजी पर्याप्तता हेर्नुपर्ने देखिन्छ ।

कुनको कतिले घट्यो सेयरभाउ ?  

बुधबार निर्जीवन बीमा कम्पनीहरुका सर्वाधिक सेयरभाउ घट्ने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको ६.५५ प्रतिशतले घटेर ४५५ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, हिमालयन एभरेष्टको ३.६३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.३६ प्रतिशत, नेको इन्स्योरेन्सको ४.४४ प्रतिशत, एनएलजीको ४.९८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.६६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ६.२५ प्रतिशत, आरबीसीएलको २.४७ प्रतिशत, सलिकोको ३.२२ प्रतिशत, सानिमा जिआइसीको ४.७९ प्रतिशत, शिखरको ३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.९० प्रतिशत र युनाइटेड अजोडको ४.५२ प्रतिशतले घटेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.