बिहीबार, भाद्र ११,२०८३ 10:17:31
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 10:17:31
Bizshala
Global IME Bank Limited

नयाँ नामी बक्स ई२ को बिक्री सुरु, मूल्य कति ?

नयाँ नामी बक्स ई२ को बिक्री सुरु, मूल्य कति ?
New Office

काठमाण्डौ। नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मार्फत नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ। कम्पनीले नयाँ बक्स ई२ लाई दुई भेरियन्टमा नेपाली बजारमा ल्याएको हो।

नयाँ नामी बक्स ई२, बक्स ई२ ३३० र बक्स ई२ ४३० गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। नाडा अटो शो अवधिभर बक्स ई२ ३३० को विशेष मूल्य २९ लाख ९९ हजार रुपैयाँ र बक्स ई२ ४३० को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोपछि भने यी दुई भेरियन्टको मूल्य क्रमशः ३० लाख ९९ हजार रुपैयाँ र ३२ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ। सिल्भर तथा डुअल–टोन रङका लागि थप ५० हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ।

सन् २०२४ मा पहिलोपटक नेपाली बजारमा प्रवेश गरेको नामी बक्स आकर्षक डिजाइन, विभिन्न रङ विकल्प, पाँच जनाका लागि पर्याप्त क्याबिन स्पेस, व्यावहारिक ड्राइभिङ रेन्ज र आरामदायी सुविधाका कारण छोटो समयमै नेपाली बजारमा परिचित बनेको कम्पनीको भनाइ छ। नयाँ बक्स ई२ पनि यही आधारमा तयार गरिएको हो। विशेषगरी युवा ग्राहक, सहरी प्रयोगकर्ता तथा पहिलोपटक इलेक्ट्रिक कार खरिद गर्न चाहने परिवारलाई लक्षित गर्दै नयाँ मोडललाई तुलनात्मक रूपमा पहुँचयोग्य मूल्यमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

Bizshala
CG Motors

नयाँ बक्स ई२ मा प्रतिस्पर्धी मूल्य कायम गर्ने उद्देश्यले केही फिचरमा परिमार्जन गरिएको छ। अघिल्लो मोडलमा उपलब्ध लेभल–२ एडास, अटोमेटिक पार्किङ र एम्बियन्ट लाइटिङ नयाँ संस्करणमा उपलब्ध छैनन्। यद्यपि, नयाँ बक्स ई२ मा डार्क मोड, इन–बिल्ट कारप्ले तथा यात्रुको सुरक्षाका लागि ६ वटा एयरब्याग उपलब्ध छन्। कम्पनीका अनुसार यसले नामी बक्सका आकर्षक डिजाइन, फराकिलो तथा आरामदायी इन्टेरियर र सहज इलेक्ट्रिक मोबिलिटीलाई निरन्तरता दिएको छ।

रेन्जका हिसाबले बक्स ई२ ३३० ले डब्लुएलटीपी मापदण्डअनुसार २३७ किलोमिटर तथा बक्स ई२ ४३० ले ३१७ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ। यसले ग्राहकलाई आफ्नो दैनिक आवतजावत र आवश्यकताअनुसार उपयुक्त भेरियन्ट छनोट गर्ने सुविधा दिने कम्पनीको दाबी छ।

नेपालमा हालसम्म दुई हजारभन्दा बढी नामी इलेक्ट्रिक सवारीसाधन सञ्चालनमा रहेको उल्लेख गर्दै एमएडब्लू वृद्धि मोटर्सले नयाँ बक्स ई२ को बिक्री सुरुवातले नेपाली बजारमा आकर्षक, व्यावहारिक र मूल्यअनुकूल इलेक्ट्रिक मोबिलिटीको विकल्पलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरेको छ।

नयाँ नामी बक्स ई२ बारे जानकारी लिन, सवारीसाधन अवलोकन गर्न तथा बुकिङ गर्न इच्छुक ग्राहकले नाडा अटो शो २०२६ मा डोङफेङ नामीको स्टल नम्बर ए६ र ए७ मा पुग्न सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.