बिहीबार, भाद्र ११,२०८३ 05:01:42
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 05:01:42
Bizshala
Global IME Bank Limited

बाढी प्रभावितलाई अपि पावरको मल्हम, तत्काल ३५ लाख सहयोग

बाढी प्रभावितलाई अपि पावरको मल्हम, तत्काल ३५ लाख सहयोग
New Office

काठमाण्डौ । भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि अपि पावरले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मार्फत आर्थिक सहयोग प्रदान गरेको छ ।

सरकारको कोषमा अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ तत्काल सहयोग उपलब्ध गराएको हो । यो सहयोग रकमले तत्कालै  प्रभावित नागरिकहरूको खोज र उद्धारमा सहयोग पुग्ने विश्वास कम्पनीकी अध्यक्ष सिर्जना खड्काले व्यक्त गरेकी छिन्। उनले खोज र उद्दार कार्यपछि प्रभावितहरुको दीर्घकालीन पुनर्स्थापनाका लागि समेत आवश्यक अनुसार थप सहयोगको लागि कम्पनी तत्पर रहेको बताएकी छिन्।

Bizshala
CG Motors

अपि पावरले बाढीका कारण विभिन्न जलविद्युत आयोजना र अन्य संरचनामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । अपि पावरले ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

अपि पावरले विभिन्न जलविद्युत आयोजनाका कर्मचारीसहित सम्पूर्ण बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धारको लागि सम्बन्धित निकायसँग जोडदार आग्रह गरेको छ । अपि पावरले यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन अधिकतम् सावधानी अपनाउँदै आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार र राहतमा सक्दो सहयोग गर्न पनि सबैमा आग्रह गरेको छ ।

अपि पावर कम्पनीले हाल ५६ मेगावाट क्षमताका जलविद्युत आयोजना र ६ मेगावाट क्षमताका सौर्य आयोजना निर्माण सम्पन्न गरि नियमित विद्युत उत्पादन गरिरहेको छ । साथै एक दर्जन वटा सहायक कम्पनीहरु मार्फत विभिन्न जलविद्युत , कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा पनि काम गरिरहेको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.