काठमाण्डौ । बिहिबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.२४ प्रतिशत र निर्जीवन बीमा समूह २.०४ प्रतिशतले घटेको छ ।
आज ७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १२.६९ प्रतिशतले बढेर ३९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेशनल लाइफको १.२३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.४४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४६ प्रतिशत, सूर्यज्योति लाइफको ०.६७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.०८ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ०.०१ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.०५ प्रतिशतले घटेर ४००.१० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको २.९९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.५१ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.८१ प्रतिशत, नेको इन्स्योरेन्सको १.८० प्रतिशत, एनएलजीको २.६४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०७ प्रतिशत, सलिकोको २.१६ प्रतिशत, शिखरको ३.९५ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.३४ प्रतिशत, युनाइटेड अजोडको २.११ प्रतिशत, हिमालयन रि को २.११ प्रतिशत, नेपाल रि को २.१६ प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको ०.६२ प्रतिशत, सिटिजन लाइफको ०.४५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ३.८४ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.९० प्रतिशत, हिमालयन लाइफको १.६४ प्रतिशत, आइएमई लाइफको ०.४९ प्रतिशत, एलआइसी नेपालको ०.४४ प्रतिशत र नेपाल लाइफको १.३९ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।