Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 03:31:03
Bizshala
Global IME Bank Limited

स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ शुरु हुने

स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ शुरु हुने
New Office

काठमाण्डौ । स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा अटो शो २०२६’को अवसरमा जारी गरेको ‘नाडा अफर’ आज २०८३ भदौ १४ गते आइतबार सकिँदैछ । कम्पनीले स्काईवेलका बीई११ मोडलका ईभीमा नाडा अफर अन्तर्गत ५ लाखसम्म छुट दिएको छ । यो अफर अटो शोको अन्तिम दिन अर्थात् आज आइतबारसम्म बुकिङ गर्नेले प्राप्त गर्नेछन् ।

नाडा अटो शो अवधिभरीका लागि कम्पनीले ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार तोकेको छ ।

Bizshala
CG Motors

अटो शो सकिएपछि ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।

जारी अटो शोमा स्काईवेलको मूल्यले धेरैको ध्यान खिचेको छ । लक्जरी ईभी एसयूभी निकै कम मूल्यमा सार्वजनिक भएको भन्दै यसको बुकिङ पनि उल्लेख्य मात्रामा आएको छ । कुल बुकिङ कति भयो भन्ने बारे कम्पनीले आइतबार साँझ सम्ममा जानकारी गराउनेछ ।

साथै, अब केही दिनमै कम्पनीले टेस्ट ड्राइभ सुरु गराउँदैछ । अटो शो सकिएपछि एलआरआर मोटर्सले गाडीको टेस्ट ड्राइभ सुरु गरिने जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.