काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३२ रुपैयाँ र बिक्रीदर १३३.९२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.५६ रुपैयाँ र बिक्रीदर १४४.४१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.२७ रुपैयाँ र बिक्रीदर १६८.०२ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.११ रुपैयाँ र बिक्रीदर ८८.५१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६३ रुपैयाँ र बिक्रीदर ८.६७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३० रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४७ रुपैयाँ र बिक्रीदर १८.५५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.१४ रुपैयाँ र बिक्रीदर २८.२७ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५७ रुपैयाँ र बिक्रीदर ३६.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८२ रुपैयाँ र बिक्रीदर ९.८६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.७० रुपैयाँ र बिक्रीदर ४३५.१९ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।