बुधबार, भाद्र २५,२०८२ 04:21:34
  • बुधबार, भाद्र २५,२०८२ 04:21:34
Global IME Bank Limited

एनएमबी लघुवित्त ७.४९ करोड घाटामा, वितरणयोग्य मुनाफा ७.२८ करोड रुपैयाँले ऋणात्मक

Hyundai Nepal
एनएमबी लघुवित्त ७.४९ करोड घाटामा, वितरणयोग्य मुनाफा ७.२८ करोड रुपैयाँले ऋणात्मक

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ४९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । खुद ब्याज आम्दानी ३२.४५ प्रतिशतले घट्दै १७ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी २५ करोड ९६ लाख रुपैयाँ थियो । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ७ करोड २७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड २४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । संस्थाको कर्मचारी खर्च पनि १७ करोड ६७ लाख रुपैयाँ ऋणात्मक र अन्य सञ्चालन खर्च ५ करोड ९२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अवधिसम्म संस्थाको निक्षेप संकलन घटेको छ । अघिल्लो आवसम्म १ अर्ब ५४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने १ अर्ब ३४ करोड मात्रै निक्षेप संकलन गर्न सफल भएको छ ।  

संस्थाको कर्जा प्रवाह पनि बढेको छ । संस्थाले ५ अर्ब ९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.७१ प्रतिशतले धेरै हो ।  

संस्थाको खराब कर्जा अनुपातमा केहि कमी आएको छ । संस्थाको खराब कर्जा अनुपात ८.२९ प्रतिशत कायम भइको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ८.९७ प्रतिशत कायम थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१३.८५ रुपैयाँ ऋणात्मक,,प्रतिसेयर नेटवर्थ १२६.२० रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२.३८ गुणा ऋणात्मक,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५३.५२ रुपैयाँ र तरलता अनुपात ९.९५ प्रतिशत कायम भएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.