मंगलवार, भाद्र १६,२०८३ 10:19:58
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 10:19:58
Bizshala
Global IME Bank Limited

त्रिशूली–३ बी हब क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रोको विद्युत् उत्पादन बन्द

त्रिशूली–३ बी हब क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रोको विद्युत् उत्पादन बन्द
New Office

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ बी हब पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको विद्युत् उत्पादन तथा निकासी अवरुद्ध भएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–२, लच्याङमा गत साउन ११ गते गएको पहिरोका कारण त्रिशूली–३ बी हबदेखि समुद्रटार सबस्टेसनसम्म जडान भई सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा क्षति पुगेको थियो। त्यसपछि आयोजनाको सञ्चालन अवरुद्ध भएको थियो।

प्रसारण लाइनको मर्मतसम्भार कार्य अन्तिम चरणमा पुगेर आयोजना पुनः सञ्चालनको तयारी भइरहेका बेला भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले त्रिशूली नदी तटीय क्षेत्रमा रहेको नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ बी हब पूर्ण रूपमा क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ।

Bizshala
CG Motors

कम्पनीका अनुसार पछिल्लो प्राकृतिक विपद्का कारण सूर्यकुण्ड हाइड्रोको आफ्नै आयोजनामा भने कुनै क्षति भएको छैन। तर, विद्युत् प्रसारण तथा निकासीका लागि आवश्यक त्रिशूली–३ बी हबमा क्षति पुगेपछि आयोजना सञ्चालन गर्न नसकिएको हो।

कम्पनीले राष्ट्रिय प्रसारण लाइनको वैकल्पिक व्यवस्था वा त्रिशूली–३ बी हबको पुनःस्थापना गरी विद्युत् प्रसारण प्रणाली सामान्य अवस्थामा आएपछि आयोजना पुनः सञ्चालनमा आउने जनाएको छ।

आयोजना पुनः सञ्चालनको अवस्था तथा यससम्बन्धी थप प्रगतिबारे आवश्यक जानकारी समयमै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.