बुधबार, भाद्र १७,२०८३ 11:24:55
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 11:24:55
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच व्यवसायिक सम्झौता

मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच व्यवसायिक सम्झौता
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र ढुवानी व्यवसायी महासंघ नेपालबीच ढुवानी व्यवसायीलाई आवश्यक सवारीसाधन खरिद तथा व्यवसाय सञ्चालनका लागि कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

गत भदौ १७ गते भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार महासंघमा आबद्ध सदस्यहरूले ढुवानी व्यवसायका लागि आवश्यक कुनै पनि ब्रान्डका सवारीसाधन खरिद गर्न तथा व्यवसाय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत जुटाउन मुक्तिनाथ विकास बैंकबाट कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बैंकले महासंघका सदस्यलाई आफ्नो देशभर रहेका १७६ वटै शाखा कार्यालयमार्फत आकर्षक तथा सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।

यस सहकार्यबाट ढुवानी व्यवसायीले व्यवसाय विस्तार तथा सेवा विस्तारका लागि सहज रूपमा वित्तीय स्रोत प्राप्त गर्न सक्ने र व्यवसाय सञ्चालनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, मुक्तिनाथ विकास बैंकले हाल अटो कर्जा, कृषि कर्जा तथा एसएमई कर्जामा न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना समेत ल्याएको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.