बुधबार, भाद्र १७,२०८३ 05:01:54
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 05:01:54
Bizshala
Global IME Bank Limited

विपदमा दया फाउन्डेसनको साथ, उद्धार कोषमा १ करोड सहयोग

विपदमा दया फाउन्डेसनको साथ, उद्धार कोषमा १ करोड सहयोग
New Office

काठमाण्डौ । विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन दया फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

फाउन्डेसनका बोर्ड सदस्यहरूले उक्त रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। बाढीका कारण प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न सरकारले अघि बढाएको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायको साथमा उभिन पाएकोमा फाउन्डेसनले कृतज्ञता व्यक्त गरेको छ। संकटका बेला सरकारले गरेको शीघ्र पहल तथा उपलब्ध स्रोतको परिचालनप्रति समेत फाउन्डेसनले प्रशंसा गरेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

फाउन्डेसनले नेपाल तथा विश्वका विभिन्न स्थानबाट विपद् प्रभावितका लागि प्राप्त सहयोग, ऐक्यबद्धता र मानवीय संवेदनाप्रति आभारसमेत व्यक्त गरेको छ। विपद्को सामना गर्न सरकारी प्रयाससँगै नागरिक तथा संस्थागत क्षेत्रको सहकार्य आवश्यक रहेको उसको भनाइ छ।

फाउन्डेसनका अनुसार यो सहयोग संस्थाका दिवंगत संस्थापक तथा संरक्षक दयाराम भक्त माथेमाका मूल्य–मान्यता र जीवनदृष्टिबाट प्रेरित छ। समुदायसँग स्रोत र सहयोग बाँड्नु संवेदनशील व्यक्तिको आधारभूत जिम्मेवारी तथा जीवनप्रतिको कृतज्ञताको अभिव्यक्ति हो भन्ने माथेमाको विश्वास रहेको फाउन्डेसनले जनाएको छ।

बाढीबाट प्रभावित व्यक्ति तथा परिवारप्रति सहानुभूति व्यक्त गर्दै फाउन्डेसनले राहतपछि पुनःस्थापना र पुनर्निर्माणका चरणमा समेत निरन्तर सहकार्य, ऐक्यबद्धता र मानवीय सहयोग आवश्यक रहेको जनाएको छ।

फाउन्डेसनले प्रभावित समुदायको पीडा न्यूनीकरण र उनीहरूको जीवनलाई सामान्य अवस्थामा फर्काउन सरकारी तथा गैरसरकारी क्षेत्रबीचको सहकार्य अझ मजबुत हुनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.