काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३ करोड ८२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८२.४२ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २१ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी भने ५० करोड ५ लाखबाट बढेर ५१ करोड १४ लाख पुगेको छ । कम्पनीको अन्य आम्दानी १ करोड ५७ लाखबाट घटेर १२ लाख ३३ हजारमा सीमित बनेको छ । कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा ५ करोड ६८ लाखबाट ४ करोड ३९ लाखमा झरेको छ ।
यो अवधिमा कम्पनीको बिक्री तथा वितरण खर्च ४ करोड ७ लाखबाट बढेर ६ करोड ४४ लाख पुगेको छ । प्रशासनिक खर्च पनि ४ करोड २७ लाखबाट बढेर ६ करोड २० लाख पुगेको छ ।
कम्पनीको रिजर्भमा ३६ करोड ७३ लाख सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१८.३३ रुपैयाँबाट घटेर २.२३ रुपैयाँमा झरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ ९६.३४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५७.८२ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।