काठमाण्डौ । भोटेकोशी तथा त्रिशुली नदीमा आएको भीषण बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण भएको ठूलो जनधनको क्षतिप्रति प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि रु. २० लाख सहयोग गरेको छ।
कम्पनीले विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढी तथा पहिरोबाट घाइते भएका तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। २० लाख रकम जम्मा गरेको जनाएको छ।
कम्पनीले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको हो।
प्रिमियर सेक्युरिटिजले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संकटको समयमा आवश्यक सहयोग र सहकार्य गर्न निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।