बिहीबार, भाद्र १८,२०८३ 06:48:56
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 06:48:56
Bizshala
Global IME Bank Limited

नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’मा एनआईबीएल इक्विटी पार्टनर्सको १० करोडसम्म लगानी

नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’मा एनआईबीएल इक्विटी पार्टनर्सको १० करोडसम्म लगानी
New Office

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबीएल इक्विटी पार्टनर्सले नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’मा लगानी गर्ने भएको छ।

विश्वव्यापी दर्शकलाई लक्षित गरी नेपालमै निर्माण भइरहेको मौलिक एनिमेटेड चलचित्रमा लगानीका लागि एनआईबीएल इक्विटी पार्टनर्स र इन्सेसन्ट रेन स्टुडियोजबीच सम्झौता भएको हो। कम्पनीका अनुसार प्रस्तावित कारोबारअन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले चलचित्र निर्माण तथा सम्बन्धित गतिविधिका लागि रु. १० करोडसम्म लगानी गर्ने योजना बनाएको छ।

इन्सेसन्ट रेन स्टुडियोजले ‘लस्ट इन मण्डला’को सह–निर्माणका लागि स्थापित ‘लस्ट इन मण्डला एलएलसी’सँगको सहकार्यमा चलचित्र निर्माण गरिरहेको छ। नेपालमै चलचित्र निर्माणको वातावरणलाई थप प्रोत्साहन गर्ने तथा नेपाली सिर्जनशील उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले लगानी गरिएको कम्पनीले जनाएको छ।

एनआईएमबी एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिवान्त बहादुर पाण्डेले साझेदारीले नेपालको एनिमेसन उद्योगलाई प्रोत्साहन गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सहयोग पुग्ने बताए।

उनका अनुसार नेपालमै सिर्जना भएका विश्वव्यापी सम्भावना बोकेका मौलिक कला तथा बौद्धिक सम्पत्तिलाई सहयोग गर्नु आवश्यक छ। ‘लस्ट इन मण्डला’ महत्वाकांक्षी र मौलिक परियोजना भएको उल्लेख गर्दै उनले यसको निर्माणमा देशभित्रबाट हुने स्थानीय सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

एनआईएमबी एस क्यापिटलले यसअघि पनि चलचित्र परियोजनालाई सहयोग गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार चलचित्रका लागि कोष संकलनका विभिन्न पहलमा साथ दिनुका साथै क्युएफएक्समा विशेष समारोह आयोजना गरी आमन्त्रित सहभागी तथा सम्भावित लगानीकर्तामाझ ‘लस्ट इन मण्डला’ परियोजना औपचारिक रूपमा प्रस्तुत गरिएको थियो।

‘लस्ट इन मण्डला’ एनिमेटेड फेन्टासी एड्भेन्चर चलचित्र हो। चलचित्रको सिर्जना तथा निर्देशन किरण भक्त जोशीले गरेका छन् भने दीपा चिपालु जोशी निर्माता हुन्।

हिमालय क्षेत्रका आध्यात्मिक परम्परा, पौराणिक कथा तथा प्राकृतिक सौन्दर्यबाट प्रेरित चलचित्रले नेपाली कथालाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने लक्ष्य राखेको छ।

विश्वस्तरीय एनिमेसनको माध्यमबाट चलचित्रले अपनत्व, मित्रता, करुणा र आत्म–अन्वेषणजस्ता विषयलाई प्रस्तुत गर्ने जनाइएको छ।

चलचित्रको पटकथा चर्चित पटकथा लेखक ज्याक स्टेन्ट्जले लेखेका हुन्। उनले ‘थोर’, ‘एक्स–मेनः फर्स्ट क्लास’ तथा नेटफ्लिक्सको ‘जुरासिक वर्ल्डः क्याम्प क्रेटासियस’ लगायतका परियोजनामा काम गरिसकेका छन्।

एनआईबीएल इक्विटी पार्टनर्सको लगानीसँगै ‘लस्ट इन मण्डला’को निर्माणलाई थप गति दिने र चलचित्रलाई नेपालबाट विश्वभरका दर्शकमाझ पुर्याउन सहयोग गर्ने लक्ष्य लिइएको छ। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.