शुक्रबार, भाद्र १९,२०८३ 02:44:07
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 02:44:07
Bizshala
Global IME Bank Limited

नास-आईटीको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा दीपेन चापागाईं

नास-आईटीको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा दीपेन चापागाईं
New Office

काठमाण्डौ। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै नास(आईटीले यसपटक साधारणसभा सीमित रूपमा सम्पन्न गरेको हो।

साधारणसभाको सुरुवातमा बाढी तथा विपद्मा ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। नास–आईटीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ।

विपद्को अवस्थालाई मध्यनजर गर्दै संस्थाले यसअघि तय गरेका अन्य कार्यक्रमहरू रद्द गरी साधारणसभाका औपचारिक तथा वैधानिक कार्यसूची मात्र अघि बढाएको जनाएको छ।

साधारणसभाबाट आगामी तीन वर्ष अर्थात् सन् २०२६–२०२९ का लागि नौ सदस्यीय बोर्ड निर्वाचित भएको छ। नवनिर्वाचित बोर्डमा गार्डसिक्स नेपालका कन्ट्री डाइरेक्टर दीपेन चापागाईं, योङ इन्नोभेसन्सका कार्यकारी अध्यक्ष विभूषण बिष्ट, लिपफ्रग टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकृत कैलाश राज विजयानन्द, एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला र क्विकफक्स कन्सल्टिङका सीईओ पल्लव पराजुली रहेका छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, बीआईसी टेक्नोलोजीकी सह(संस्थापक प्रार्थना साखः, जेस्पर आईटीका सीईओ सागर केसी, अलाया नेपालकी जेनेरल म्यानेजर श्रेया श्रेष्ठ र रिप्पलबाइट्स सोलुसन्सका सह(संस्थापक सुब्रत ज्ञवाली पनि बोर्ड सदस्यमा निर्वाचित भएका छन्।

नवनिर्वाचित नौ सदस्यीय बोर्डबाट सन् २०२६–२०२७ का लागि दीपेन चापागाईं अध्यक्षमा चयन भएका छन्। त्यस्तै, विभूषण बिष्ट उपाध्यक्ष, श्रेया श्रेष्ठ महासचिव र सागर केसी कोषाध्यक्षमा निर्वाचित भएका छन्। बाँकी पाँच जना बोर्ड सदस्यले कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

नवनिर्वाचित पदाधिकारी तथा बोर्डले नेपालको प्रविधि उद्योगको विकास र विस्तारका लागि संस्थाको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

नयाँ कार्यसमितिले नास(आईटीका सदस्य कम्पनी, सरकार, शैक्षिक क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सरोकारवालासँगको सहकार्यलाई थप मजबुत बनाउने जनाएको छ। नेपालमा प्रविधि उद्योगको विकाससँगै नेपाली प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्ने विषयलाई पनि प्राथमिकतामा राखिने बताइएको छ।

नास(आईटी नेपालका सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैरनाफामूलक उद्योग संगठन हो। संस्थाले नीति पैरवी, उद्योग विकास, प्रतिभा तथा जनशक्ति विकास, अन्तर्राष्ट्रिय बजार पहुँच र सहकार्यका क्षेत्रमा काम गर्दै नेपालको प्रविधि इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.