मंगलवार, कार्तिक ३,२०८३ 12:14:37
  • मंगलवार, कार्तिक ३,२०८३ 12:14:37
Global IME Bank Limited

पूँजीबजार सुधारमा अर्थमन्त्री वाग्लेको सक्रियता, कानुनी अवरोध हटाउने उपाय तत्काल पेस गर्न निर्देशन

Bizshala
पूँजीबजार सुधारमा अर्थमन्त्री वाग्लेको सक्रियता, कानुनी अवरोध हटाउने उपाय तत्काल पेस गर्न निर्देशन
New Office

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूँजीबजारको विकास र संरचनात्मक सुधारका लागि आवश्यक कानुनी तथा नीतिगत उपाय तत्काल पहिचान गरी प्रस्ताव पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले बजार विकासमा अवरोध पुर्‍याइरहेका विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको समीक्षा गर्न निर्देशन दिएका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले पूँजीबजारलाई अल्पकालीन उतारचढावमा मात्र केन्द्रित नगरी अर्थतन्त्रमा दीर्घकालीन पूँजी परिचालन गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। त्यसका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

छलफलमा बजारलाई पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन विद्यमान कानुनमा गर्नुपर्ने संशोधन, नियामकीय प्रक्रियाको सरलीकरण तथा संस्थागत सुधारका सम्भावित उपायबारे पनि कुराकानी भएको बताइएको छ।

अर्थमन्त्री वाग्लेले पूँजीबजारसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्धित कानुन तथा नीतिमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने गरी ठोस सुझाव ल्याउन निर्देशन दिएका छन्। लगानीकर्ताको विश्वास बढाउने, बजारमा स्वच्छ कारोबार सुनिश्चित गर्ने तथा संस्थागत लगानी विस्तार गर्ने आधार तयार पार्ने गरी सुधारका प्रस्ताव ल्याउनुपर्नेमा उनले जोड दिएका छन्।

पूँजीबजारको विकासका लागि धितोपत्र बोर्डको नियामकीय क्षमता अभिवृद्धि, बजारमा नयाँ वित्तीय उपकरणको प्रवेश, प्रविधिगत सुधार, संस्थागत सुशासन र लगानीकर्ता संरक्षणलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने विषय छलफलमा उठेको थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेपालको पूँजीबजारमा दीर्घकालीन लगानीको वातावरण निर्माण गर्न मौद्रिक नीति र धितोपत्र बजारसम्बन्धी नीतिबीच उचित तालमेल आवश्यक रहेको अर्थमन्त्री वाग्लेको धारणा थियो। बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जा, त्यससम्बन्धी जोखिम व्यवस्थापन तथा बजारमा तरलताको प्रभावलगायत विषयमा राष्ट्र बैंक र धितोपत्र बोर्डबीच नियमित समन्वय गर्नुपर्नेमा पनि उनले जोड दिए।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए।

अर्थमन्त्रीले दुवै नियामक निकायका शीर्ष अधिकारीलाई एकै ठाउँमा बोलाएर सुधारका कानुनी उपाय माग्नुलाई सरकारले पूँजीबजारप्रति देखाएको सक्रियताका रूपमा हेरिएको छ। लामो समयदेखि नीतिगत स्थिरता, नियामकीय स्पष्टता र संरचनात्मक सुधारको प्रतीक्षामा रहेका लगानीकर्ताका लागि अर्थ मन्त्रालयको यो पहलले सकारात्मक सन्देश दिन सक्ने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

2 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...
K

K***

हाम्रो अर्थमन्त्रीले तुरुन्तै ठोस कदम चाल्नुपर्छ। यदि हामीजस्ता व्यक्ति अर्थमन्त्री भइदिएका भए, बैंकहरूलाई शेयर बजारमा आउन दिन्थियौँ, एनआरएन लगानीकर्ताहरूलाई सजिलै लगानी गर्न दिने थियौँ, अनि कारोबारलाई एकै दिनमा टुंग्याउने सुविधा बनाउने थियौँ। यस्ता अत्यावश्यक सुधारहरू सात दिनभित्रै गरिनुपर्छ। सुझाव त धेरैले दिएका छन्, अब कुरा सुझाव माग्ने होइन, तत्काल कार्यान्वयन गर्ने हो। एक हप्ताभित्र कानून ल्याएर, तुरुन्तै संसदमा प्रस्तुत गरेर परिवर्तन गर्नुपर्छ। नभए नयाँ अर्थमन्त्रीको के अर्थ?

1 महिना अगाडी
K

K***

हाम्रो अर्थमन्त्रीले तुरुन्तै ठोस कदम चाल्नुपर्छ। यदि हामीजस्ता व्यक्ति अर्थमन्त्री भइदिएका भए, बैंकहरूलाई शेयर बजारमा आउन दिन्थियौँ, एनआरएन लगानीकर्ताहरूलाई सजिलै लगानी गर्न दिने थियौँ, अनि कारोबारलाई एकै दिनमा टुंग्याउने सुविधा बनाउने थियौँ। यस्ता अत्यावश्यक सुधारहरू सात दिनभित्रै गरिनुपर्छ। सुझाव त धेरैले दिएका छन्, अब कुरा सुझाव माग्ने होइन, तत्काल कार्यान्वयन गर्ने हो। एक हप्ताभित्र कानून ल्याएर, तुरुन्तै संसदमा प्रस्तुत गरेर परिवर्तन गर्नुपर्छ। नभए नयाँ अर्थमन्त्रीको के अर्थ ?

1 महिना अगाडी
Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.