सोमबार, असार २,२०८२ 01:48:11
  • सोमबार, असार २,२०८२ 01:48:11
Global IME Bank Limited

महुली लघुवित्तको नाफामा १३८% को उछाल, खराब कर्जा अनुपात घट्यो

Hyundai Nepal
महुली लघुवित्तको नाफामा १३८% को उछाल, खराब कर्जा अनुपात घट्यो
Nabil Bank Limited

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १३८.१४ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले १ करोड ३५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  

नाफामा उल्लेख्य सुधार आएपनि संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । समीक्षा अवधिसम्म संस्थाले १९ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन  अघिल्लो आवको तुलनामा ६.०२ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले २० करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  

यो अवधिमा संस्थाको खुद सञ्चालन आम्दानी भने १५.६२ प्रतिशतले बढेको छ । संस्थाले तेस्रो त्रैमाससम्म २० करोड ६३ लाख रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको छ । संस्थाको सञ्चालन मुनाफा ४ करोड १२ लाख रुपैयाँबराबर रहेको छ ।  

तेस्रो त्रैमाससम्म संस्थाले कर्मचारीका लागि १२ करोड ६८ लाख र अन्य सञ्चालनका लागि ३ करोड १ लाख रुपैयाँ खर्च गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा  अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ घटेको छ भने रिजर्भको आकार बढेको छ । रिटेन्ड अर्निङ १ करोड ६४ लाख रुपैयाँबाट घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार भने २६ करोड ६४ लाख रुपैयाँबाट बढेर ३० करोड २८ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको चुक्तापूँजी ३२ करोड २३ लाख र वितरणयोग्य मुनाफा १ करोड १२ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म १ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ४७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

इम्पेयरमेन्ट चार्जका लागि ३ करोड ४१ लाख रुपैयाँ छुट्टाएको संस्थाको खराब कर्जा अनुपात घटेको छ । खराब कर्जा अनुपात ७.७८ प्रतिशतबाट घटेर ४.९० प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १३.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९७.४३ रुपैयाँ, प्रतिसेयर  कुल सम्पत्तिको मूल्य १ हजार ४८९.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७९.५५ गुणा र तरलता अनुपात १५.०६ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.