Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 11:42:16
Bizshala
Global IME Bank Limited

‘हिमालयन ८०–२०’ को लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय

‘हिमालयन ८०–२०’ को लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय
New Office

काठमाण्डौ । हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक तथा हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८२÷८३ का लागि इकाइधनीलाई करसहित घोषणा गरेको १५ प्रतिशत नगद प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरिएको छ ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलका अनुसार प्रतिफल वितरण प्रयोजनका लागि असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय भएको छ। यसर्थ असोज ७ गतेसम्मम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से(को प्रणालीमा कारोबार भई प्रचलित कानूनबमोजिम तोकिएको समयावधिभित्र रीतपूर्वक नामसारी भइसकेका इकाइधनी मात्र नगद प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले योग्य इकाइधनी तथा खरिदकर्ताहरूलाई सोहीअनुसार इकाइ नामसारी गर्न आग्रह गरेको छ।

यस्तै कम्पनीले प्रतिफलका लागि योग्य इकाइधनीको बैंक खातामा रकम स्थानान्तरण गरी भुक्तानी गरिने जनाएको छ। त्यसका लागि सम्बन्धित इकाइधनीलाई आफ्नो निक्षेप सदस्य(डीपी)सँग सम्पर्क गरी हितग्राही खातामा बैंक विवरण अद्यावधिक गराउन आग्रह गरिएको छ।

योजनाको इकाइ हितमा राखेका योग्य इकाइधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त स्वीकृति पत्र सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत योजनाको इमेल ठेगानामा पठाउन सकिनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.