Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 11:41:21
Bizshala
Global IME Bank Limited

रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख
New Office

काठमाण्डौ । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै संस्थाले विपद्मा परेका नागरिकलाई सहयोग गर्न उक्त रकम प्रदान गरेको जनाएको छ।

संस्थाका कम्पनी सचिव विनोदकुमार चौधरीका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १६ लाख रुपैयाँ तथा कर्मचारीबाट संकलित १४ लाख ६ सय ६५ रुपैयाँ गरी कुल ३० लाख ६ सय ६५ रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

संस्थाले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावितरीले राष्ट्र विपत्तिको चपेटामा परेका बेला देश र जनताको पक्षमा सहयोग गर्नु संस्थाको दायित्व भएको बताइन्। उनले उक्त क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरिन् ।

फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरीले राष्ट्र विपत्तिको चपेटामा परेका बेला देश र जनताको पक्षमा सहयोग गर्नु संस्थाको दायित्व भएको बताइन्। उनले उक्त सहयोग राष्ट्र निर्माण तथा मानवीय सेवाको भावनाबाट प्रेरित रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री राहत कोषमार्फत नगद सहयोग उपलब्ध गराइए पनि बाढीपीडितलाई आवश्यक पर्ने दैनिक उपभोग्य तथा अन्य जिन्सी सामग्री भने संस्थाले प्रत्यक्ष रूपमा वितरण गर्ने अध्यक्ष चौधरीले जानकारी दिइन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.