Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 07:04:40
Bizshala
Global IME Bank Limited

ओपेक सदस्य राष्ट्रहरुको तेल उत्पादन घट्यो, सेप्टेम्बरमा भने बढाउने तयारी

ओपेक सदस्य राष्ट्रहरुको तेल उत्पादन घट्यो, सेप्टेम्बरमा भने बढाउने तयारी
New Office

काठमाण्डौ । ओपेक सदस्य राष्ट्रहरूले उत्पादन क्रमशः बढाउने ओपेक प्लसको योजनाबीच पनि अगस्टमा कच्चा तेलको उत्पादन घटाएका छन्। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति तथा निर्यातमा आएको अवरोधले उत्पादनमा असर पारेको हो।

रोयटर्सको सर्वेक्षणअनुसार ओपेकका ११ सदस्य राष्ट्रले अगस्टमा औसत प्रतिदिन १ करोड ९७ लाख १० हजार ब्यारेल तेल उत्पादन गरेका छन्। यो जुलाईको तुलनामा प्रतिदिन ६ लाख ४० हजार ब्यारेल कम हो।

विशेषगरी साउदी अरबको तेल निर्यातमा देखिएको समस्या तथा अमेरिकी नाकाबन्दीका कारण इरानको अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति गर्ने क्षमतामा आएको सीमितताले उत्पादन तथा आपूर्तिमा प्रभाव पारेको जनाइएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

ओपेक प्लसका सात प्रमुख सदस्य राष्ट्रले अगस्टमा तेल उत्पादन बढाउने योजना बनाएका थिए। तर, निर्यातमा देखिएको अवरोधका कारण वास्तविक उत्पादन लक्ष्यभन्दा कम भएको रोयटर्सले जनाएको छ।

यसैबीच, ओपेकको संस्थापक सदस्य भेनेजुएलाले संगठनबाट बाहिरिने सम्भावनाबारे गम्भीरतापूर्वक विचार गरिरहेको बताइएको छ। भेनेजुएलाले ६ दशकभन्दा बढीअघि ओपेक स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

भेनेजुएलाले ओपेकबाट बाहिरिने विषयमा अमेरिकी अधिकारीहरूसँग समेत छलफल गरेको छ। यद्यपि, यसबारे हालसम्म कुनै अन्तिम निर्णय भने भएको छैन।

यसैबीच, ओपेक प्लसका सात देशले सेप्टेम्बर २०२६ मा प्रतिदिन १ लाख ८८ हजार ब्यारेलले उत्पादन लक्ष्य बढाउने सहमति गरेका छन्। उत्पादन बढाउने योजनाबीच निर्यात अवरोध तथा भू–राजनीतिक तनावले विश्व तेल बजारमा आपूर्तिको अवस्था भने अझै अनिश्चित बनाएको छ। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.