काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको कुल ६५ हजार ६२८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
उक्त सेयर खरिद गर्नका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकको विद्यमान स.स्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त नभएकाले उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ । सर्वसाधारणले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।