सोमबार, असार २,२०८२ 02:27:27
  • सोमबार, असार २,२०८२ 02:27:27
Global IME Bank Limited

बुटवल पावरको नाफा ३२% ले घट्यो, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
बुटवल पावरको नाफा ३२% ले घट्यो, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको खुद नाफामा ३२.८६ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १८ करोड ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५४ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६.७६ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ५८ करोड ३१ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको खुद आम्दानी भने २४ करोड ३७ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको त्ुलनामा १४.६१ प्रतिशतले कम हो । कम्पनीको अन्य आम्दानी ६ करोड ४४ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको साधारण खर्च १९ करोड ९८ लाख, वितरण खर्च १० करोड, प्रशासनिक र अन्य सञ्चालन खर्च ९ करोड ५१ लाख ऋणात्मक र वित्त खर्च ९३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।    

३ अर्ब ४० करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ९१ करोड ३४ लाख र कुल चालु दायित्व ३७ करोड ११ लाख रुपेयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५.२८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०६.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५६.४४ गुणा र तरलता अनुपात २.४६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.