मंगलवार, आश्विन २०,२०८३ 10:10:20
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 10:10:20
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिकद्वारा ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

Bizshala
आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिकद्वारा ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय
New Office

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

भदौ २६ गते शुक्रबार सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णयसमेत गरेको छ। सो प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायत आवश्यक काम–कारबाहीको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि सभाले गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी रहेको छ। सो अवधिमा कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ तथा खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ।

फार्मेसीसमेत समावेश गर्दा अस्पतालको कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी, कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी र खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, अस्पतालले आर्थिक वर्ष २०८२÷८३ मा ओपीडी सेवामार्फत १ लाख ७९ हजार, आईपीडीमार्फत ९ हजार तथा आकस्मिक सेवामार्फत ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको जनाएको छ।

यसैगरी, नर्भिकले अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि ४१ हजार सेवाग्राहीलाई इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.