मंगलवार, कार्तिक ३,२०८३ 02:22:35
  • मंगलवार, कार्तिक ३,२०८३ 02:22:35
Global IME Bank Limited

रिलायबल नेपाल लाइफले संस्थापक र सर्वसाधारण सेयरको स्वामित्व अनुपात परिवर्तन गर्ने

Bizshala
रिलायबल नेपाल लाइफले संस्थापक र सर्वसाधारण सेयरको स्वामित्व अनुपात परिवर्तन गर्ने
New Office

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात परिवर्तन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको ७०ः३० को स्वामित्व अनुपातलाई परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको छ।

कम्पनीको भदौ २६ गते बसेको १८१औँ सञ्चालक समिति बैठकले नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को दफा ५ बमोजिम आवश्यक कानूनी प्रक्रिया पूरा गरी सेयर स्वामित्व परिवर्तन गर्ने निर्णय गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हाल कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ३० प्रतिशत रहेको छ। प्रस्तावित परिवर्तनपछि संस्थापक सेयरधनीको हिस्सा घटेर ५१ प्रतिशत तथा सर्वसाधारण सेयरधनीको हिस्सा बढेर ४९ प्रतिशत कायम हुनेछ।

कम्पनीले स्वामित्व अनुपात परिवर्तनका लागि नेपाल बीमा प्राधिकरणसहित सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गर्ने जनाएको छ। नियामकीय स्वीकृति तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि प्रस्तावलाई आगामी वार्षिक साधारण सभामा निर्णयार्थ पेस गरिनेछ।

सञ्चालक समितिले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ। प्रस्ताव साधारण सभाबाट पारित भई कार्यान्वयनमा आएमा रिलायबल नेपाल लाइफमा संस्थापक र सर्वसाधारण सेयरधनीबीचको स्वामित्व संरचनामा परिवर्तन हुनेछ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.