सोमबार, भाद्र २९,२०८३ 04:43:08
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 04:43:08
Bizshala
Global IME Bank Limited

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
New Office

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.५५ अंकले बढेर २५८५ विन्दुमा उक्लिएको छ ।  

नेप्सेमा सूचीकृत ३३६ कम्पनीको १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.४५ प्रतिशत र निर्जीवन बीमा समूह १.५० प्रतिशतले बढेको छ ।  

बीमा समूह बढ्दा २६ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.६८ प्रतिशतले बढेर ६०४ रुपैयाँ पुगेको छ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, युनाइटेड अजोडको ०.९९ प्रतिशत, हिमालयन एभरेष्टको २.५९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.५४ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.७४ प्रतिशत, नेको इन्स्योरेन्सको १.७५ प्रतिशत, एनएलजीको ३.५६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ३.४२ प्रतिशत, प्रभु इन्योरेन्सको १.६७ प्रतिशत, सलिकोको १.८७ प्रतिशत, सानिमा जिआइसीको २.२३ प्रतिशत, शिखरको १.८२ प्रतिशत, हिमालयन रि को २.५८ प्रतिशत र नेपाल रि को २.६३ प्रतिशतले घटेको छ ।  

यसका साथै एशियन लाइफको १.२० प्रतिशत, सिटिजन लाइफको २.४१ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.१९ प्रतिशत, हिमालयन लाइफको ३.४० प्रतिशत, आइएमई लाइफको २.१८ प्रतिशत, एलआइसी नेपालको १.२१ प्रतिशत, नेशनल लाइफको १.२५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.०७ प्रतिशत, सूर्यज्योति लाइफको ०.८६ प्रतिशत, सन नेपाल लाइफको १.२५ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.१५ प्रतिशतले बढेको छ ।  

आज सर्वाधिक गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ २.१३ प्रतिशतले घटेको छ । साथै क्रेष्ट माइक्रो लाइफको १.३८ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.०२ प्रतिशतले घटेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.