बुधबार, भाद्र ३१,२०८३ 03:38:45
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 03:38:45
Bizshala
Global IME Bank Limited

बाढीपहिरो प्रभावितलाई शाओमी नेपालको २०० सेट घरायसी सामग्री सहयोग

बाढीपहिरो प्रभावितलाई शाओमी नेपालको २०० सेट घरायसी सामग्री सहयोग
New Office

काठमाण्डौ। बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा दैनिक जीवनमा आवश्यक सहयोग पुर्याउने उद्देश्यले शाओमी नेपालले २०० सेट अत्यावश्यक घरायसी सामग्री सहयोग गरेको छ। ‘शाओमी फर कम्युनिटी’ अभियानअन्तर्गत उपलब्ध गराइएको राहत सामग्री काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको हो।

हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले शाओमी नेपालले भान्सामा आवश्यक पर्ने विभिन्न सामग्री समेटिएका राहत सेट उपलब्ध गराएको जनाएको छ। प्रत्येक सेटमा एक थान प्रेसर कुकर, एक थान कराइ, पाँच थान प्लेट, पाँच थान चम्चा, छ थान कप, पाँच थान कचौरा र एक थान थर्मस बोतल समावेश छन्।

Shivam Cement
Bizshala
CG Motors

कुल २०० सेटमार्फत प्रभावित परिवारका लागि २०० थान प्रेसर कुकर, २०० थान कराइ, १ हजार थान प्लेट, १ हजार थान चम्चा, १ हजार २०० थान कप, १ हजार थान कचौरा र २०० थान थर्मस बोतल उपलब्ध गराइएको छ।

‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ भन्ने भावनासहित गरिएको उक्त सहयोगले बाढीपहिरो प्रभावित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्किन सहयोग पुग्ने विश्वास शाओमी नेपालले व्यक्त गरेको छ।

शाओमी नेपालले यसअघि पनि भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो। पछिल्लो राहत सामग्री हस्तान्तरणमार्फत कम्पनीले विपद्बाट प्रभावित समुदायका तत्कालीन आवश्यकतामा सहयोग गर्ने प्रयासलाई निरन्तरता दिएको जनाएको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै शाओमी नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्दै आएको जनाएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.