सोमबार, असार २,२०८२ 09:03:43
  • सोमबार, असार २,२०८२ 09:03:43
Global IME Bank Limited

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट

Hyundai Nepal
जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६३.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ३६ लाख १४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.३० प्रतिशतले कम हो । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले ६ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्म संस्थाको कुल सञ्चालन आम्दानी ८ करोड ७१ लाख र सञ्चालन मुनाफा ७६ लाख ६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाले कर्मचारीका लागि ५ करोड ९२ लाख र अन्य सञ्चालनका लागि १ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ । संस्थाको रिजर्भको आकार ६.२७ प्रतिशतले घट्दै ८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।    

संस्थाको खराब कर्जा अनुपात केहि घटेको छ । संस्थाको खराब कर्जा अनुपात ११.४८ प्रतिशतबाट घटेर १०.३१ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)७.४५ रुपैयाँ ,,प्रतिसेयर नेटवर्थ १५०.२७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १५१.४० गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३६३.७५ रुपैयाँ र तरलता अनुपात ६.६७ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.