ले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले सभा असोज २३ गते शुक्रबार अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतलीमा बिहान ९ बजे बस्ने निर्णय गरेको हो ।
सभाले प्रस्तावित कायम चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी निर्वाचित २ जना संचालक लिमा अधिकारी आचार्यले पदबाट दिएको राजिनामा स्वीकृत भई सो स्थानमा संचालक समितिको बैठकको निर्णयबाट सोही समूहको प्रनिधित्व गर्नु अनिता रायमाझीलाई संचालकको रुपमा नियुक्त गरिएकोमा बाँकी कार्यकालयको लागि अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसबाहेक गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्साह हिसाब, नगद प्रवाह विवरण जस्ता अनुसूचीहरुमाथि छलफल गरी स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज १३ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा उपस्थित भई प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।