शुक्रबार, आश्विन २,२०८३ 01:46:21
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 01:46:21
Bizshala
Global IME Bank Limited

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले डाक्यो साधारण सभा, के–के छन् एजेण्डा ?

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले डाक्यो साधारण सभा, के–के छन् एजेण्डा ?
New Office

काठमाण्डौ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले २०औँ वार्षिक साधारणसभा आगामी असोज २३ गते शुक्रबार आयोजना गर्ने भएको छ ।  

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।  

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत तथा छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहलगायत वित्तीय विवरण अनुमोदन गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

त्यसैगरी, प्रबन्ध सञ्चालकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, कम्पनीको नियमावली संशोधन तथा नियामक निकायबाट आवश्यक निर्देशन वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव पनि सभामा पेस हुनेछन् ।  

Muktinath Bikas Bank Limited

कम्पनीले साधारणसभामा सहभागी हुन चाहने सेयरधनीले आवश्यक परिचय खुल्ने प्रमाणपत्र तथा सेयरसम्बन्धी प्रमाण लिएर उपस्थित हुन आग्रह गरेको छ ।  

सभामा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एक दिन सेयर दर्ता किताब बन्द रहने जनाएको छ ।  

त्यसअघि कायम रहेका सेयरधनीले मात्र साधारणसभामा सहभागिता जनाउन तथा सभाका निर्णयमा भाग लिन पाउनेछन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.