शुक्रबार, आश्विन २,२०८३ 06:46:17
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 06:46:17
Bizshala
Global IME Bank Limited

साउनमै राष्ट्रियस्तरका विकास बैंकको ७१ करोड नाफा, मुक्तिनाथ शीर्षमा

साउनमै राष्ट्रियस्तरका विकास बैंकको ७१ करोड नाफा, मुक्तिनाथ शीर्षमा
New Office

काठमाडौं। राष्ट्रियस्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा उत्साहजनक सुरुवात गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका आठवटै राष्ट्रियस्तरका विकास बैंक नाफामा छन्।

यी बैंकले साउनमा कुल ७० करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ भने लुम्बिनी विकास बैंकको नाफा सबैभन्दा कम देखिएको छ।

मुक्तिनाथले एक महिनामै १३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गरिमा विकास बैंकले १२ करोड ७९ लाख, महालक्ष्मी विकास बैंकले १० करोड ८३ लाख, कामना सेवा विकास बैंकले १० करोड र शाइन रेसुङ्गा विकास बैंकले ९ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका छन्।

त्यस्तै, ज्योति विकास बैंकले ८ करोड ५६ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४ करोड ७५ लाख र लुम्बिनी विकास बैंकले ९१ लाख रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

Shivam Cement
Bizshala
CG Motors

निक्षेप ६ खर्ब, कर्जा ५ खर्बमाथि

आठ बैंकले साउन मसान्तसम्म कुल ६ खर्ब ५ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब ११ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

निक्षेप र कर्जा दुवैमा मुक्तिनाथ अगाडि छ। मुक्तिनाथसँग १ खर्ब २४ अर्ब ३३ करोड रुपैयाँ निक्षेप तथा १ खर्ब ५ अर्ब १६ करोड रुपैयाँ कर्जा छ। गरिमासँग १ खर्ब ५ करोड निक्षेप र ८४ अर्ब ५३ करोड रुपैयाँ कर्जा छ।

कर्जा–निक्षेप अनुपातका आधारमा कामना सेवा केही आक्रामक देखिएको छ। उसको कर्जा निक्षेप अनुपात करिब ८६.६२ प्रतिशत छ। ज्योतिको यस्तो अनुपात सबैभन्दा कम करिब ८१.८८ प्रतिशत छ।

सम्पत्ति गुणस्तरमा कसको अवस्था कस्तो?

राष्ट्र बैंकको मासिक प्रतिवेदनमा बैंकगत खराब कर्जा अनुपात प्रत्यक्ष रूपमा दिइएको छैन। तर, कर्जा नोक्सानी व्यवस्था र गैरबैंकिङ सम्पत्तिले सम्पत्तिको गुणस्तरमा रहेको दबाब संकेत गर्छन्।

Muktinath Bikas Bank Limited

आठ बैंकले कुल २ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन्। कर्जाको तुलनामा यस्तो व्यवस्थाको अनुपात ज्योति विकास बैंकमा सबैभन्दा बढी करिब ६.७४ प्रतिशत छ। महालक्ष्मीमा ६.१९ प्रतिशत र लुम्बिनीमा ५.७३ प्रतिशत छ। यसले यी बैंकको कर्जा पोर्टफोलियोमा तुलनात्मक रूपमा बढी जोखिम तथा प्रोभिजनिङ दबाब रहेको संकेत गर्छ।

त्यस्तै, ज्योतिको गैरबैंकिङ सम्पत्ति ९३ करोड ७६ लाख, मुक्तिनाथको ९१ करोड ३७ लाख र सांग्रिलाको ७३ करोड रुपैयाँ छ। कर्जाको अनुपातमा गैरबैंकिङ सम्पत्ति ज्योति र सांग्रिलामा उच्च देखिएको छ। धितो सकारेर स्वामित्वमा लिइएको सम्पत्ति बढ्नु कर्जा असुलीमा दबाब रहेको संकेत मानिन्छ।

यसविपरीत, शाइन रेसुङ्गाको गैरबैंकिङ सम्पत्ति तुलनात्मक रूपमा कम २० करोड ६६ लाख रुपैयाँ छ। कर्जाको तुलनामा पनि उसको गैरबैंकिङ सम्पत्ति करिब ०.३१ प्रतिशत मात्रै देखिन्छ।

समग्रमा, राष्ट्रियस्तरका विकास बैंकहरूले नयाँ आर्थिक वर्षको सुरुवात नाफाका हिसाबले उत्साहजनक गरेका छन्। तर ज्योति, महालक्ष्मी, लुम्बिनी र सांग्रिलाले सम्पत्ति गुणस्तर तथा कर्जा असुलीमा थप ध्यान दिनुपर्ने राष्ट्र बैंकको तथ्यांकले संकेत गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.