मंगलवार, आश्विन ६,२०८३ 05:35:35
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 05:35:35
Bizshala
Global IME Bank Limited

अपर तामाकोशीका ४ सञ्चालकको पदावधि समाप्त

अपर तामाकोशीका ४ सञ्चालकको पदावधि समाप्त
New Office

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सर्वसाधारण सेयरधनी समूहबाट निर्वाचित चार सञ्चालकको पदावधि समाप्त भएको छ।

कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र पठाउँदै सञ्चालकहरू सुजना सुवेदी, राजन श्रेष्ठ, हरि प्रसाद भुर्तेल र दिपक कार्कीको चारवर्षे कार्यकाल पूरा भएको जानकारी गराएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार २०७९ भदौ ३ गते सम्पन्न चौथो वार्षिक साधारणसभाबाट कम्पनीको संशोधित नियमावलीबमोजिम चार वर्षका लागि सर्वसाधारण समूहबाट एक महिलासहित चार जना सञ्चालक निर्वाचित भएका थिए।

उनीहरूको पदावधि कम्पनीको नियमावलीको नियम ८(३) तथा कम्पनी ऐन, २०६३ को दफा ९०(२) बमोजिम २०८३ भदौ २ गतेदेखि चार वर्ष पूरा भएको कम्पनीले जनाएको छ।

कम्पनीले असोज ५ गते कम्पनी रजिस्ट्रारको कार्यालयलाई यसबारे औपचारिक जानकारी गराएको हो।

पदावधि समाप्त भएका सञ्चालकमा सुजना सुवेदी, राजन श्रेष्ठ, हरि प्रसाद भुर्तेल र दिपक कार्की रहेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.