सोमबार, असार २,२०८२ 02:21:19
  • सोमबार, असार २,२०८२ 02:21:19
Global IME Bank Limited

दोल्ती पावर ३.२३ करोड घाटामा, विद्युत बिक्री आम्दानी ४.६१% ले वृद्धि

Hyundai Nepal
दोल्ती पावर ३.२३ करोड घाटामा, विद्युत बिक्री आम्दानी ४.६१% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ३ करोड २३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा गत आवको सोही अवधिको तुलनामा ३५.३७ प्रतिशतले कम हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म भने ५ करोड ७३ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।  

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ६ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको ६ करोड ५५ लाखको तुलनामा ४.६१ प्रतिशतले धेरै हो । कम्पनीको साधारण तथा प्रशासनिक खर्च १ करोड १८ लाख र विद्युत उत्पादन खर्च १७ लाख ३७ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिजर्भको आकार १७ करोड ६४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ७१ लाख र कुल चालु सम्पत्ति १ करोड ९६ लाख रुपेयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)६.०३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ६७.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०१.०५ रुपैयाँ र पीई अनुपात ८०.६५ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.