काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड २’को इकाई खरिदका लागि आवेदन दिने म्याद लम्बाइएको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत असोज १ गतेदेखि खुला गरिएको छ ।
उक्त योजनाको इकाई खरिदका लागि असोज ६ गतेसम्म अआवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेकाले आवेदन दिने समयावधि असोज १५ गतेसम्मका लागि थप गरिएको हो । यदि असोज १५ गतेभित्र मागबमेजिम आवेदन प्राप्त भएमा भने उक्त मिति अगावै सार्वजनिक सूचना जारी गर्दै इकाई बिक्री आवेदन बन्द गरिने याोजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र १ करोड ३० लाख इकाई कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिनेएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।