काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका अर्का आधारभूत सेयरधनी हेमराज ढकालले पनि ठूलो परिमाणमा सेयर बिक्री गर्ने तयारी गरेका छन् ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएको पत्रअनुसार ढकालले आफूले धारण गरेकोमध्ये २० लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपूर्व कम्तीमा १५ दिन अगाडि जानकारी गराउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाबमोजिम ढकालले आगामी तीन महिनाभित्र २० लाख कित्ता सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएका हुन् ।
यससँगै दोस्रो बजारमा हाथवेको सेयर कारोबार गरिरहेका लगानीकर्ताको ध्यान ढकालले घोषणा गरेको ठूलो परिमाणको सम्भावित बिक्रीतर्फ जाने देखिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।