काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा ७७ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा रिडी पावर कम्पनी लिमिटेडको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।
सोही ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै भोलिदेखि उक्त हकप्रद सेयर दोस्रो बजार कारोबारमा आउनेछन् ।