शुक्रबार, आश्विन ९,२०८३ 05:33:16
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 05:33:16
Bizshala
Global IME Bank Limited

जेम्स इन्टरनेशनलका विद्यार्थीलाई बीमासम्बन्धी अभिमुखीकरण

Bizshala
जेम्स इन्टरनेशनलका विद्यार्थीलाई बीमासम्बन्धी अभिमुखीकरण
New Office

काठमाण्डौ ।  नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकका लागि बीमासम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बताए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा प्राधिकरणकी सहायक निर्देशक पुष्पा खनालले नेपालको वित्तीय प्रणाली, बीमाको परिचय, प्रकार, महत्व, बीमा क्षेत्रका चुनौती तथा नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकारबारे प्रस्तुतीकरण गरेकी थिइन्।

उनले विद्यार्थीमा वित्तीय साक्षरता बढाउँदै बीमासम्बन्धी जानकारी समुदायस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा विद्यार्थीका लागि प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थियो। विद्यालयका प्रधानाध्यापक पंकज खड्काले आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैमा व्यावहारिक वित्तीय ज्ञान बढाउन सहयोग पुग्ने बताए।

प्राधिकरणको कोशी प्रदेश कार्यालयका प्रमुख महर्जनले जीवन, घर, कृषि तथा पशुपन्छी बीमाले विपद् तथा क्षतिबाट उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने बताए।

कार्यक्रम सञ्चालन गरेकी सहायक निर्देशक सविता झाले बीमा गर्दा बीमालेखका नियम तथा सर्त राम्रोसँग बुझ्न आग्रह गरिन्। उनले बीमा क्षेत्रमा दक्ष जनशक्तिको माग रहेकाले विद्यार्थीका लागि यो राम्रो करियर क्षेत्रसमेत बन्न सक्ने बताइन्।

प्राधिकरणले यस्ता बीमा सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.