सोमबार, आश्विन १२,२०८३ 07:39:17
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 07:39:17
Bizshala
Global IME Bank Limited

बाढीको असर ऊर्जा प्रणालीमा गहिरियो, १ हजार २९२ मेगावाट क्षमताका आयोजना प्रभावित सूचीमा

Bizshala
बाढीको असर ऊर्जा प्रणालीमा गहिरियो, १ हजार २९२ मेगावाट क्षमताका आयोजना प्रभावित सूचीमा
New Office

काठमाण्डौ । पछिल्लो बाढी तथा वर्षाका कारण मुलुकका विभिन्न जलविद्युत् आयोजना र प्रसारण संरचना प्रभावित हुँदा ऊर्जा प्रणालीमा ठूलो दबाब परेको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवालयको प्राप्त विवरणअनुसार ७ क्षेत्र तथा करिडोरमा गरी कुल १ हजार २९२ मेगावाट क्षमताका आयोजना प्रभावित सूचीमा परेका छन्। 

सबैभन्दा धेरै असर त्रिशूली करिडोरमा देखिएको छ। यस क्षेत्रका रसुवागढी, साञ्जेन, माथिल्लो त्रिशूली–३ए, चिलिमे, लाङटाङ, माथिल्लो साञ्जेन, माथिल्लो मैलुङ, देवीघाट र मैलुङ खोलालगायत आयोजनाको कुल क्षमता ४३०.८ मेगावाट रहेको छ। 

त्यसपछि कुस्मा–दाना क्षेत्रमा ३५८.२ मेगावाट क्षमताका आयोजना प्रभावित छन्। नीलगिरि–१, नीलगिरि–२, मिस्त्री, थापाखोला, रेलेखोला र घलेम्दीलगायत केही आयोजना उत्पादन गर्न सक्ने अवस्थामा रहे पनि कुस्मा–दाना २२० केभी प्रसारण लाइनका टावरमा क्षति पुगेकाले विद्युत् निकासी प्रभावित भएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

 सोही क्षेत्रमा अपर राहुघाट, राहुघाट मंगले, ठुलोखोला, माथिल्लो ठुलोखोला र राहुघाट आयोजना पनि प्रसारण लाइनसम्बन्धी समस्याबाट प्रभावित रहेको विवरणमा उल्लेख छ। 

मर्स्याङ्दी करिडोरमा पनि बाढीको असर उल्लेख्य देखिएको छ। ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ६९ मेगावाटको मर्स्याङ्दी गरी कुल १८९ मेगावाट क्षमताका आयोजना बाढीका कारण सञ्चालन गर्न नसकिने अवस्थामा उल्लेख गरिएको छ। अ

पोखरा क्षेत्रमा सुपर मादी, अपर मादी, मादामे खोला, सिक्लेस र नामार्जुन गरी कुल १२१ मेगावाट क्षमताका आयोजना प्रभावित छन्। तीमध्ये अधिकांश आयोजना बाढीका कारण सञ्चालनमा आउन नसक्ने अवस्थामा रहेको विवरणमा उल्लेख छ। 

त्यस्तै, कालीगण्डकी ‘ए’को १४४ मेगावाट, समुद्रटार क्षेत्रका २१ मेगावाट र मोदी क्षेत्रका २८ मेगावाट क्षमताका आयोजना पनि प्रभावित सूचीमा समेटिएका छन्। 

माग धान्न २५१.४ मेगावाटसम्म अस्थायी आयात

आन्तरिक उत्पादन प्रभावित भएपछि विद्युत् माग व्यवस्थापनका लागि १३२ केभी प्रसारण लाइनमार्फत पिक समयमा २५१.४ मेगावाटसम्म अस्थायी आयात गर्ने व्यवस्था गरिएको विवरणमा उल्लेख छ।

त्यसअनुसार सम्पतियाबाट ७०.८ मेगावाट, रामनगरबाट ३६.४ मेगावाट, रक्सौलबाट ८९.२ मेगावाट र टनकपुरबाट ५५ मेगावाट विद्युत् आयात गर्न सकिने देखिएको छ। 

प्राप्त विवरणले ठूलो क्षमताका आयोजना प्रभावित देखाए पनि सबै आयोजना पूर्णरूपमा बन्द भएको अर्थ भने लाग्दैन। केही आयोजना उत्पादन गर्न सक्ने अवस्थामा रहे पनि प्रसारण लाइन क्षतिका कारण विद्युत् प्रणालीमा पठाउन नसक्ने अवस्थामा छन् भने केही आयोजना बाढीकै कारण सञ्चालन गर्न नसकिने अवस्थामा छन्। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.