काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–१ का इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिएको छ।
मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक/डिपोजिटरी रहेको उक्त योजनाको लाभांश २०८३ असोज २ गतेदेखि सम्बन्धित इकाइधनीको बैंक खातामा जम्मा गरिएको मुक्तिनाथ क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन बाँकी रहेका इकाइधनीले आफ्नो बैंक खाता अद्यावधिक गराउनुपर्नेछ। यस्तै, धितो राखेका इकाइको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ वा फुकुवा पत्र (रिलिज लेटर) अनिवार्य रूपमा पेस गरेपछि मात्र नगद लाभांश खातामा जम्मा गरिनेछ।


प्रतिक्रिया
1 प्रतिक्रियाU***
Haina kasari 20% bhayo check fact again.
1 घण्टा अगाडी