मंगलवार, आश्विन १३,२०८३ 02:48:22
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 02:48:22
Bizshala
Global IME Bank Limited

दराजको ‘१०.१० दशैं धमाका’ सुरु हुँदै, ७५ प्रतिशतसम्म छुट र ६५ लाख रुपैयाँसम्मका भाउचर

Bizshala
दराजको ‘१०.१० दशैं धमाका’ सुरु हुँदै, ७५ प्रतिशतसम्म छुट र ६५ लाख रुपैयाँसम्मका भाउचर
New Office

काठमाण्डौ । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले बडादशैंलाई लक्षित गर्दै ‘१०.१० दशैं धमाका : बडा दशैं, धमाकेदार डिल्स’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत विभिन्न वस्तु तथा श्रेणीमा ७५ प्रतिशतसम्म छुट, ६५ लाख रुपैयाँसम्मका भाउचर, निःशुल्क डेलिभरी, बैंक अफर तथा आकर्षक गिभअवे उपलब्ध हुने कम्पनीले जनाएको छ।

दराजका अनुसार अभियान अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर १२ सम्म सञ्चालन हुनेछ। यस अवधिमा उपभोक्ताले फेसन, इलेक्ट्रोनिक्स, लाइफस्टाइल, एफएमसीजी लगायत विभिन्न श्रेणीका उत्पादनमा विशेष छुट तथा सीमित अवधिका अफर पाउनेछन्।

कम्पनीले यस वर्षको दशैं अभियानलाई केवल छुटमा सीमित नराखी दैनिक फ्ल्यास सेल्स, ब्रान्ड रश आवर, क्रेजी प्राइस ड्रप, दशैं दक्षिणा भाउचर तथा विभिन्न पुरस्कारसहित थप आकर्षक बनाइएको जनाएको छ।

दराजका प्ल्याटिनम पार्टनर होनासा, मिनिमलिस्ट, ग्रिन लाइफ एक्सपिरियन्स, एङ्कर, रोह्टो र अवीबीबाट ६७ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यस्तै गोल्ड पार्टनर ब्रान्डहाउस, पीएण्डजी, पिक एण्ड एर्के, अक्र्स फूड र भेदन्तले ७० प्रतिशतसम्म तथा सिल्भर पार्टनर फ्यानटेक, त्रिकाया, एसपीएन’एस र माटो नेपालले ६५ प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ।

अभियानको सुरुवात अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर २ को बिहान २ बजेसम्म ‘क्रस क्याटगोरी ब्रान्ड रश आवर’बाट हुनेछ। त्यस्तै अक्टोबर २ र अक्टोबर ११ मा राति ८ देखि १० बजेसम्म ‘क्रेजी प्राइस ड्रप’ सञ्चालन हुनेछ।

दराजले विभिन्न दिनलाई विशेष श्रेणीमा केन्द्रित गर्दै छुट योजना समेत ल्याएको छ। यसअनुसार अक्टोबर ३ मा फेसन, अक्टोबर ४ मा नयाँ ब्रान्ड, अक्टोबर ५ मा दराज च्वाइस, अक्टोबर ६ मा इलेक्ट्रोनिक्स, अक्टोबर ७ मा लाइफस्टाइल र अक्टोबर ८ मा एफएमसीजीसम्बन्धी विशेष अफर उपलब्ध हुनेछन्।

छनोट गरिएका विक्रेताबाट किनमेल गर्दा उपभोक्ताले ३ हजार रुपैयाँसम्मका दशैं दक्षिणा भाउचर समेत प्राप्त गर्न सक्नेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंक कार्डबाट थप १५ प्रतिशतसम्म छुट

दशैं किनमेलमा थप बचत गराउन दराजले पाँच बैंकसँग सहकार्य गरेको छ। योग्य क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५०० रुपैयाँ र डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म, अधिकतम १ हजार रुपैयाँ छुट पाइनेछ।

यो सुविधा हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंकका योग्य कार्ड प्रयोगकर्ताले पाउनेछन्।

त्यस्तै, ईसेवा र खल्ती प्रयोगकर्ताले विशेष रश आवर डिलमार्फत १ हजार रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ।

किनमेल गर्दा स्कुटर र थाइल्यान्ड भ्रमण जित्ने अवसर

अभियानअन्तर्गत छुटसँगै विभिन्न पुरस्कार जित्ने अवसरसमेत रहनेछ। कम्तीमा २ हजार रुपैयाँको चेकआउट अर्डर गर्ने ग्राहकहरूमध्ये एक जनाले सुजुकी एक्सेस FI 125 सीसी स्पेसल एडिसन BS6 स्कुटर जित्ने अवसर पाउनेछन्।

यसका अतिरिक्त बोट, एसपीएन’एस, सेटाफिल, सफारी ब्याग्स नेपाल र होनासालगायत ब्रान्डका उत्पादन दैनिक गिभअवेका रूपमा उपलब्ध हुनेछन्।

दराजका अनुसार ग्लेन नेपालबाट थाइल्यान्ड भ्रमण, सिल्भर सिक्सबाट ३१ हजार रुपैयाँ बराबरको कम्बो गिफ्ट सेट, मामाअर्थबाट ६५ हजार रुपैयाँ मूल्यको थ्री–इन–वन एक्सप्रेस स्टाइलर तथा रोह्टोबाट १ लाख ५ हजार रुपैयाँ मूल्यको सामसङ फ्रन्ट लोड वासिङ मेसिन जित्ने अवसरसमेत हुनेछ।

दराजले दशैंको मुख्य किनमेल सिजनलाई लक्षित गर्दै छुट, बैंक अफर, निःशुल्क डेलिभरी र पुरस्कारमार्फत उपभोक्तालाई बढी बचत र सहज अनलाइन किनमेल अनुभव दिने उद्देश्य राखेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.